झापामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
बिहीबार साँझ बाह्रदशी गाउँपालिका-२ बस्ने सुपोल बास्काकी श्रीमती ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो।
उनलाई आफ्नै घरमा वाइफाईको प्लग जोड्ने क्रममा अचानक नाङगो तारमा छुँदा करेन्ट लागेको र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनको शव पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल भद्रपुर लगिएको छ।
591
Shares

प्रतिक्रिया