बहुविवाह मुद्दाका पतिपत्नीलाई स्याङ्जा प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ।
मंगलबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा विरूवा गाउँपालिका-४ बस्ने ५२ वर्षीय उमाकान्त पोखरेल भनिने हुमबहादुर थापा र ४६ वर्षीया शारदा देवी पोखरेल रहेका छन्।
जिल्ला अदालत स्याङ्जाको २०५३ वैशाख १९ गतेको फैसलाअनुसार उनीहरूलाई जनही २ महिनाको कैद सजाय ठहर भएको थियो।
त्यसयता फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको प्रहरीले जनाएको छ।
अदालतको आदेशअनुसार कैद भुक्तानको लागि उनीहरूलाई जिल्ला कारागार स्याङ्जा पठाइएको छ।
1.4k
Shares

प्रतिक्रिया