समाज


सडकमा खटिने ट्राफिक प्रहरीलाई पीपीई र पञ्जा

सडकमा खटिने ट्राफिक प्रहरीलाई पीपीई र पञ्जा

नेपालखबर
जेठ २, २०७७ शुक्रबार १२:४१,

सरकारले जारी गरेको ‘लकडाउन’लाई कडाइका साथ कार्यान्वयन गराउन फ्रन्टलाइनमा रहेर ट्राफिक प्रहरी अहोरात्र खटिँदै आएको छ। ट्राफिक प्रहरीले सवारी आवागमनलाई व्यबस्थित र कडाई गर्नका लागी चेकजाँच र सोधपुछ गर्दा सवारी चालकसँग सबैभन्दा पहिले ‘फेस’ गर्नु पदर्छ, जसले गर्दा कोरोना भाइरस संक्रमणको उच्च जोखिममा ट्राफिक प्रहरी रहेको छ।

दैनिक सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीलाई कोरोना भाइरसबाट हुने जोखिम न्युनिकरणका लागी महाशाखाले उपत्यकाको २६ वटा मुख्य चोक तथा नाकाहरूमा खटिने ट्राफिक प्रहरीलाई पीपीई (पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट) र ४६ स्थानमा फेस सिल्ड (भाईजर) र पञ्जा लगाई डिउटी गर्ने व्यबस्था मिलाइएको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिएका छन्।

एसएसपी ढकालले, भने, ‘ट्राफिक प्रहरी सडकमा प्रत्यक्षरुपमा खटिनुपर्ने भएकाले माहामारीको रुपमा फैलिरहेको कोरोनो भाइरस संक्रमणबाट बच्नका लागि पूर्व साबधानी अपनाउन यस्तो व्यवस्था गरिएको हो।’

प्रर्याप्त मात्रामा पीपीई नभएकाले पीपीई नभएका त्यस्ता स्थानमा खटिने ट्राफिक प्रहरीलाई भने कम्तिमा २ मिटरको सामाजिक दूरी कायम राखि सुरक्षित भई चेकजाँचको व्यबस्था मिलाएको उनले बताए।

महाशाखाले प्रत्येक ट्राफिक प्रहरीलाई स्यानिटाइजर सँगै मास्क, पञ्जा, सावुन आवश्कता अनुसार वितरण गरिरहेको र यसबाट बच्ने उपाय तथा पालना गर्नुपर्ने सावधानी लगायतका विषयहरुमा नियमित रुपमा ब्रिफिङ समेत गरिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले दिए।

प्रवक्ता श्रेष्ठले लकडाउनलाई कडाईका साथ पालना गराउन खटिने सम्पुर्ण ट्राफिक प्रहरीलाई सुरक्षित भई सामाजिक दुरी कायम राखी चेकजाँच र सवारी व्यबस्थापन गर्न दैनिक निर्देशन र अनुगमन एव सचेत गराइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad