समाज


भारतबाट फर्किएका ७१४ नेपाली आज ४२ जिल्लामा पुग्दै

भारतबाट फर्किएका ७१४ नेपाली आज ४२ जिल्लामा पुग्दै

उजिर कार्की
जेठ २, २०७७ शुक्रबार ११:२५,

भारतीय सिमानामा रोकिएका ७ सय १४ जना नेपालीलाई नेपालगन्जबाट स्वदेश भित्र्याइएको छ।

बिहीबार राति भारतको बहराइचबाट भित्रिएका उनीहरु ४२ जिल्लाका रहेको नेपालगन्ज उपमहानरपालिकाकी उपप्रमुख उमा थापा मगरले बताइन्।

बाँके र बर्दियाका नागरिकलाई नेपालगन्ज उपमहानरपालिकाले तयार गरेको क्वार्न्टिनमा राखेर अन्यलाई आ–आफ्नो जिल्ला पठाउने तयारी भएको छ।

बिहीबार राति नेपाल प्रवेश गर्नेमा बाँके र बर्दियाका धेरै छन्। यस्तै सबैभन्दा बढी धनुषा, बैतडी र रसुवाका एक एक जना छन्।

लकडाउनको समयमा सिमानासम्म आएका उनीहरुलाई भारतीय जिल्ला बहराइचमा राखिएको थियो। उनीहरुलाई चार ठाउँमा सेल्टर व्यवस्थापन गरेर भारतले राखेको थियो।

भारतीय प्रशासनसँग आ आफ्ना नागरिकलाई आवतजावत गर्न दिने सहमति भएपछि नेपालमा रोकिएका भारतीयलाई पनि उता पठाइएको छ। करिब १ हजार ४ सय ८३ जना भारतीय आफ्नो देश फर्किएको उपमेयर थापा मगरले बताइन्।

बाँके र बर्दियाका नागरिकलाई क्वारन्टिनमा राख्ने र अरुलाई आफ्नै जिल्ला पठाउने व्यवस्था भइरहेको छ। अन्य ४० जिल्लाका नागरिकलाई भने आरडीटी परीक्षण गरेर पठाउने तयारी भएको छ।

आरडीटीमा पोजेटिभ देखिएका तीन जनाको स्वाब संकलन गरिएको छ। उनीहरुलाई भने पीसीआरको रिपोर्ट आएपछि मात्रै पठाइने उपमेयर मगरले बताइन्।

भारतमा रेल सेवा सुरु भएपछि त्यहाँबाट सयौंको संख्यामा नेपालीहरु फर्किन थालेका छन्। फर्किएकाहरुले भारतीय सेल्टरमा अव्यवस्थित तरिकाले खचाखच भरेर राखेको र खाना दुई छाक मात्र दिएको बताएका छन्।

रेल चल्न थालेसँगै अब हजारौंको संख्यामा नेपाली फर्किने तयारीमा रहेको फर्किएका नेपालीले नगरपालिकालाई बताएका छन्।

कुन जिल्लाका कति?

20200515_162016.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad