सरकारले नेपाललाई कोरोना भाइरस (कोभिड १९) को महामारीबाट मुक्त बनाउनुलाई पहिलो प्राथमिकतामा राखेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ को परीक्षणलाई व्यापक बनाउने र कसैको पनि ज्यान जाने अवस्था आउन नदिन सरकार लागि परेको बताइन्।
राष्ट्रपति भण्डारीले संक्रमणको परीक्षण व्यापक बनाउने, औषधि उपकरण तथा स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने बताइन्।
सरकाले स्वास्थ्य र शिक्षामा गुणात्मक सुधार, विकास निर्माणलाई तीव्रता दिने कार्यक्रम कार्यान्वयन गर्ने, कोभिड १९ पछिको थप रणनीति र कार्ययोजना तय गरी क्षेत्रगत विशेष कार्यक्रम ल्याइने बताइन्।
उनले सरकारले विपन्न लक्षित आयआर्जनसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने र महामारी लम्बिए त्यसलाई रोक्न कार्यक्रमहरुको पुनःप्राथमिकीकरण गरी स्रोत साधन परिचालन गरिने बताइन्।

प्रतिक्रिया