महाकाली नदीमा नुहाउने क्रममा बगेका वृद्ध चार दिनपछि मृत भेटिएका छन्।
बैतडीको पञ्चेश्वर गाउँपालिका-४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द शुक्रबार महाकाली किनारमा मृत भेटिएको हो। उनी चैत १७ गते बिहान साढे ११ बजेतिर हल्दुघाटनमा नुहाउने क्रममा महाकाली नदीले बगाएको थियो।
उनको शव महाकाली नदीकिनारमा भारतीय क्षेत्रमा शुक्रबा फेला परेको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले जानकारी दिए।
भारतको चम्पावत जिल्लाको डुङ्गालेट्टी ग्राम पञ्चायतको सुगरखाल गाउँ नजिकै महाकाली नदीकिनारमा उनको शव फेला परेको छ। यो क्षेत्र पञ्चेश्वर गाउँपालिका-२ ढोयाघाटको पारीपट्टि पर्छ।
उनको खोजीका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग समेत सहकार्य गरिएको थियो। एसएसबीको टोलीले नै उनको शव फेला पारेको कुँवरले बताए।
Shares

प्रतिक्रिया