आज शनिबार, २१ चैत २०८२ (४ अप्रिल २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। रमणीय र सुखद यात्राको योग छ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।
भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
वृष: न्यायिक कार्यमा सफलता मिल्नेछ। सामाजिक र राजनीतिक कार्य अघि बढ्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। मन्त्र- दुवै पक्षको सुन्नु, अनि मात्र बोल्नु।
भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मिथुन: स्वादिष्ट भोजन पाइनेछ। ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछन्। मित्र वर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।
भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
कर्कट: समय मध्यम खालको छ। सानातिना समस्यामा अल्झनुपर्नेछ। शैक्षिक क्षेत्र कमजोर रहन सक्छ। प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ, साँझमा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
सिंह: कीर्तिमानी काम गर्ने समय छ। मान्यजनको सहयोग प्राप्त हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। आँटे-ताकेको पूरा होला। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
कन्या: घरमा अतिथिको आगमन हुनेछ। छोटो दूरीको लाभदायक यात्रा रहला। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
तुला: दिन सामान्य नै रहनेछ। आफन्तजनसँग मनमुटाब बढ्नेछ। यात्रा गर्दा विशेष ध्यान दिनुहोला। विद्यामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ। साँझमा काम सफल हुनेछ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृश्चिक: पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा काम पूरा हुनेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। राजनीति क्षेत्रमा जनताको गतिलै समर्थन पाइने योग छ।
भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
धनु: धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ। दाम्पत्य जीवन सुखमय हुनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। विशिष्ट व्यक्तिको साथ पाइनेछ। मन्त्र- गहिराइमै साँचो शक्ति लुकेको हुन्छ।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।
मकर: नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। दिनको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ।
भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
कुम्भ: शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। नाक तथा घाँटीमा समस्या आउन सक्छ। अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ, तर साँझमा शुभ र नयाँ कार्यको योजना बन्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।
मीन: अधुरो काम र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। ससुराली पक्ष राम्रो सहयोग हुनेछ। अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन्। मन्त्र- ढिलो भए पनि पहाड चढिन्छ।
भाग्यशाली रङ पहेलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५१, वैदेशिक कार्यमा ६० र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
Shares

प्रतिक्रिया