प्रहरीले काठमाडौँको तार्केश्वबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले तार्केश्वर नगरपालिका–८ स्थित कोठा भाडामा बस्ने, नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ स्थायी ठेगाना भएका वर्ष २८ को उमेश राईलाई नियन्त्रणमा लिएको हो।
उनको कोठामा खानतलासी गर्दा लागुऔषध खैरो हेरोइन ९८ ग्राम ७१० मिलिग्राम, सेतो रङको डिजिटल तराजु र नगद ६ लाख ५० हजार रुपैयाँ बरामद गरिएको ब्यूरोका प्रवक्ता एसपी दुर्गा राज रेग्मीले जानकारी दिए।
पक्राउ परेका व्यक्ति उपर लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको छ।
96
Shares

प्रतिक्रिया