ad ad

समाज


गोठालोबाट फर्किंदै गर्दा चट्याङ लागेर मृत्यु

गोठालोबाट फर्किंदै गर्दा चट्याङ लागेर मृत्यु

नेपालखबर
जेठ २, २०७७ शुक्रबार २:१५,

उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कटारी नगरपालिका-३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका प्रहरीले जनाएको छ।

बिहीबार दिउँसो जंगलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा चट्याङ लाग्दा ज्यान गएको हो। घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

चटयाङले सुनुवारको छाती डढेको छ। गाईवस्तु साँझ घर पुगे पनि सुनुवार नआएपछि खोजी गर्दा खोलामै मृत अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले जानाकारी दिए।

सुनुवारको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .