ad ad

समाज


दाहसंस्कारमा पिएको रक्सीले ४२ को मृत्यु, ११ जना जीवनमरणको दोसाँधमा

दाहसंस्कारमा पिएको रक्सीले ४२ को मृत्यु, ११ जना जीवनमरणको दोसाँधमा

नेपालखबर
जेठ १, २०७७ बिहिबार १६:५७,

मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा दाहसंस्कार कार्यक्रममा विषाक्त मदिरा पिउँदा कम्तीमा ४२ जनाको मृत्यु भएको छ।

त्यहाँका अधिकारीका अनुसार राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरू ११ जना जीवनमरणको दोसाँधमा छन्।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको स्थानीय सरकारले जनाएको छ। मदिरा पिएपछि ती मानिसलाई वान्ता हुने र टाउको दुख्ने समस्या भएको थियो।

स्थानीय अधिकारीका अनुसार कोरोना भाइरस महामारीका कारण बजारमा बियर र अरु प्रशोधित मदिरा पाइन छाडेको छ। त्यही कारण मानिसले मिसावटयुक्त मदिरा पिएको बताइएको छ। गत महिना पनि अखाद्य मदिरा खाँदा पश्चिमी जालिस्को प्रान्तमा २१ जनाको मृत्यु भएको थियो। रासस/एएफपी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .