ad ad

राजनीति


कोरोनाको खोप बन्ने कहिले कहिले, अमेरिका र फ्रान्स भिडे अहिले

कोरोनाको खोप बन्ने कहिले कहिले, अमेरिका र फ्रान्स भिडे अहिले

नेपालखबर
जेठ १, २०७७ बिहिबार १६:४३,

कोरोना भाइरसविरुद्धको खोप बनाउन संसारभर प्रतिस्पर्धा चलिरहेको छ। छिटोमा सन् २०२० को अन्त्यमा मात्रै खोप तयार हुने विज्ञहरु बताइरहेका छन्।

खोप तयार भइहाले पनि त्यसका लागि मुलुकहरुबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ।

फ्रान्सले आफ्नो मुलुकमा बनेको खोपमा अमेरिकाले विशेषाधिकार नपाउने बताएको छ।

फ्रान्सेली कम्पनी सानोफीले खोप बनाइरहेको छ।

‘खोपको सबैभन्दा धेरै प्रि–अर्डर गर्ने अधिकार अमेरिकालाई छ। किनभने अमेरिकाले जोखिम मोलेर लगानी गरेको छ,’ यसैबेला सो कम्पनीको कार्यकारी प्रमुख पाउल हड्सनले भनेका छन्।

हड्सनको भनाइप्रति प्रतिक्रिया जनाउँदै फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिप्पेले खोपमा सबैको बराबरी पहुँच हुनुपर्ने बताएका छन्।

फ्रान्सका उपवित्तमन्त्री आग्नेस पानियर रुनासेरले अमेरिकालाई त्यस्तो विशेषाधिकार दिइए त्यो आफूहरुलाई अस्वीकार्य हुने बताएका छन्।

‘यो वा त्यो देशलाई आर्थिक कारणले खोपमा यस्तो पहुँच हाम्रो लागि अस्वीकार्य छ,’ उनले भने।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले पनि खोपमाथिको पहुँच बजार शक्तिको आधारमा निर्धारण हुन नहुने बताएका छन्। उनले अर्को साता सानोफीका अधिकारीहरुसँग भेट्ने पनि तय भएको छ।

यसै महिनाको सुरुवातमा युरोपेली युनियनको आह्वानमा कोरोना भाइरससम्बन्धी अनुसन्धानका लागि चन्दा उठाइएको थियो। जसमा ४० दाता र मुलुकबाट ८ अर्ब डलर रकमको प्रतिबद्धता प्राप्त भएको थियो। तर, त्यसमा अमेरिका सहभागी भएको थिएन।

यद्यपि सानोफीको अनुसन्धानमा अमेरिकाको बायोमेडिकल एडभान्स्ड रिसर्च एन्ड डेभलपमेन्ट अथोरिटीले पनि लगानी गरेको छ।

तर, सानोफीले गएका वर्षहरुमा फ्रान्सेली सरकारबाट डेढ करोड युरो कर छुट लिँएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .