समाज


क्वारेन्टिनमा रहेकालाई जेठ ५ मा घर पठाइन्छः स्वास्थ्यमन्त्री ढकाल

क्वारेन्टिनमा रहेकालाई जेठ ५ मा घर पठाइन्छः स्वास्थ्यमन्त्री ढकाल

नेपालखबर
जेठ १, २०७७ बिहिबार १३:२२,

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जेठ ५ गतेपछि क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई घर पठाइने बताएका छन्।

१४ दिन क्वारेन्टिनमा बसेकाहरुको हकमा आरडीटी र अन्यको हकमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले बताए। अहिले देशभरीका क्वारेन्टिनमा १५ हजार ६ सय जना रहेका छन्। मन्त्री ढकालले उनीहरुको सबैको परीक्षण गरी घर पठाइने बताएका हुन्।

१४ दिनसम्म क्वारेन्टिनमा बसेकाहरुको हकमा आरडीटी परीक्षण र १४ दिन समय नपुगेकाहरुको हकमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि घर पठाइने छ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा सांसदहरुको जिज्ञासामा मन्त्री ढकालले भने, ‘क्वारेन्टिनमा रहेका व्यक्तिहरु १४ दिन पुगेकाहरुको हकमा आरडीटी र नपुगेकाहरुको हकमा पीसीआर वा अस्पतालको जिम्मा लगाउने तयारी भएको छ। ५ गतेपछि रिपोर्ट नेगेटिभ आएकाहरु घर पठाइन्छ।’

मन्त्रालयका अनुसार अहिले देशभरी ५३ हजार ८ सय ३५ जनालाई राख्न सक्ने क्षमताको क्वारेन्टिनहरु स्थापना भएका छन्। अहिले देशभरी २ सय ७२ जना आइसोलेसनमा रहेका छन्। प्रदेश नम्बर १ मा २१, प्रदेश नम्बर २ मा १ सय १, बागमति प्रदेशमा ३६ (उपत्यकामा ६ सहित), गण्डकीमा १ र प्रदेश नम्बर ५ मा १ सय १२ जना आइसोलेसनमा रहेका छन्। संक्रमित र सम्भावित संक्रमित व्यक्तिहरु आइसोलेसनमा उपचाररत रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad