शुक्रबार देशका सात जिल्लामा भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागले शुक्रबार साँझ गरेको मापनअनुसार पछिल्लो २४ घण्टामा सल्यानमा सबैभन्दा बढी ७५.२ मिलिमिटर वर्षा भएको छ।
त्यसैगरी रुकुममा ५१ मिलिमिटर, म्याग्दीमा ७५, कास्कीमा ५७, नुवाकोटमा ५३, सङ्खुवासभामा ५८ र धनकुटाको मछुवाघाटमा ७४ मिलिमिटर वर्षा भएको छ।
५० मिलिमिटरभन्दा बढी वर्षा भए त्यसलाई भारी वर्षा मानिन्छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार धेरै मापन केन्द्रमा भारी उन्मुख ४० देखि ५० मिलिमिटर वर्षा भएको छ।
शुक्रबार साँझदेखि देशभर बदली भएको तथा केही जिल्लाबाहेक धेरै ठाउँमा वर्षा भएको र यो क्रम शनिबारसम्म जारी रहने उनले बताए।
उनका अनुसार यो समयमा हुरीबतास, चट्याङ र असिनापानीले असर गर्ने भएकाले सावधानी अपनाउन आवश्यक छ।
Shares

प्रतिक्रिया