इरानको सरकारी समाचार एजेन्सीका अनुसार इरानको कोम सहरमा गएराति भएको आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
कोमका गभर्नर मोर्तेजा हेयदारीले हिजो राति शहरको पारदिसन क्षेत्रमा आक्रमण भएको बताएका छन्।
इरानी रेड क्रिसेन्ट सोसाइटीले उद्धारकर्मीहरूले घटनास्थलमा भग्नावशेष हटाउने र राहत कार्य सञ्चालन गर्ने घोषणा गरेको छ।
रेड क्रिसेन्टका प्रवक्ताले पनि हिजो राति सहरको पारदिसन क्षेत्रमा आक्रमण भएको बताएका छन्।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।
यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।
अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
Shares

प्रतिक्रिया