संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यको लागि युनाइटेड नेसन्स मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्ट्याबिलाइजेसन मिसन इन द सेन्ट्रल अफ्रिकन रिपब्लिकमा (मिनुस्का) मा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ।
High Readiness Protection Battalion (HRPB) हाइ रेडिनेस प्रोटेक्सन बटालियन (एचआरपीबी) अन्तर्गत श्री रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फा र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) दशौँ डफ्फालाई बदली गर्नको लागि श्री कालीबहादुर गण (शान्ति सेना) आठौँ डफ्फा र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) एघारौँ डफ्फाका १७९ जना शान्ति सैनिकहरूको पहिलो टोली आज मिसन इलाका प्रस्थान गरेका जंगी अड्डाले जनाएको छ।
त्यस्तै, उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २११ जना नेपाली शान्ति सैनिकहरू हिजो चैत ११ गते स्वदेश फिर्ता भएका थिए।
हाल उक्त मिसनमा नेपाली सेनाका ११०७ जना शान्ति सैनिकहरू कार्यरत छन्।
Shares

प्रतिक्रिया