विभिन्न धनमाल चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौँबाट पाँच जनालाई पक्राउ गरेको छ।
चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित बिक्रम थापा मगरको घरबाट सुनको गरगहना, मोबाइल र नगद चोरीमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका-१० शेषमती बस्ने धादिङ गंगाजमुना गाउँपालिका-७ फुलखर्क घर भएका २२ वर्षीय प्रशन्न अधिकारी, काठमाडौँ महानगरपालिका-२६ सामाखुसी बस्ने ओखलढुंगा खिजीदेम्बा गाउँपालिका-९ घर भएका २९ वर्षीय लाक्पा शेर्पा, काठमाडौं महानगरपालिका-२६ म्हेपी बस्ने नवलपरासी पूर्व कावासोती नगरपालिका-१७ घर भएका २८ वर्षीय प्रदिप गुरूङ छन्।
त्यसैगरि रसुवाको नौकुण्ड गाउँपालिका-५ घर भएका २८ वर्षीय सागर कामी र काठमाडौँ महानगरपालिका १५ न्यूरोड बस्ने भारत महारष्ट्र सोलपुर तान्दुलवाडी थाना खोरेबस्ती ग्राम घर भएका २८ वर्षीय गौरब गुणाजी मोरेलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गत फागुन २८ गते चोरी भएको उक्त घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीलेले उनीहरुलाई पक्राउ गरेको हो।
प्रशन्नलाई काठमाडौं मित्रनगरबाट, लाक्पालाई काठमाडौं कपुरधाराबाट, प्रदिपलाई काठमाडौं म्हेपीबाट, सागरलाई काठमाडौं नयाँबजारबाट र गौरबलाई काठमाडौं न्यूरोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट २३ ग्राम ३ सय मिलिग्राम तौलको सुनका ढिक्का ३ थान र मोटरसाइकल १ थान समेत बरामद गरेको छ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त थानकोट पठाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया