समाज


दुई डिग्री घट्यो काठमाडौँको न्यूनतम तापक्रम, आज दिनभर कस्तो होला मौसम

दुई डिग्री घट्यो काठमाडौँको न्यूनतम तापक्रम, आज दिनभर कस्तो होला मौसम

नेपालखबर
चैत ११, २०८२ बुधबार ७:११, काठमाडौँ

आज (बुधबार), काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।

मौसम पूर्वमानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.४ डिग्री सेल्सियस देखिएको छ।

यद्यपि आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन हुन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा थोरै घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।

हिजो (मंगलबार) सुरुवातमा १३.४ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला पनि यही कायम रह्यो।

यसैबिच आज पनि काठमाडौँ उपत्यकामा साँझपख पानी पर्ने सम्भावना रहेको तर सम्भावना कम देखिएको महाशाखाका मौसमविद् बिनु महर्जनको भनाइ छ।

आज दिनभर काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली हुने सम्भावना छ। 

आंशिक बदली भनेको आकाशमा बादल लाग्ने तर घाम पनि देखिने अवस्था हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad