स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले छाती रोग अस्पताल सञ्चालनमा आउने बताएका छन्।
विश्व क्षयरोग दिवसको अवसर पारेर मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो अस्पताल बनिसकेको र त्यसलाई सञ्चालनमा ल्याउने जिम्मेवारी सरकारले लिने बताएका हुन्।
सचिव देवकोटाले सो अस्पताल सञ्चालनका लागि तत्काल आवश्यक कार्यक्रम र बजेटको व्यवस्था गर्न पनि राष्ट्रिय क्षयरोग अनुसन्धान केन्द्रलाई निर्देशन दिए।
सो अस्पताल सञ्चालनका लागि अरु कुनै समस्या भए त्यसको जिम्मा स्वास्थ्य मन्त्रालयले लिने उनको भनाई थियो।
सचिव देवकोटाले भने,‘छाती रोग अस्पताल बनेर तयार छ। अब यसलाई सञ्चालन गर्न सकिन्न भन्ने कुरा गयो अब। त्यो इतिहास भयो। बनिसकेपछि त्यो सञ्चालन हुनुपर्छ। बरु के गरेर सञ्चालन गर्ने भन्न आईटम राख्नुस्। त्यसमा मन्त्रालयले काटिदियो भने मलाई औँलो उठाउनुस्।’
सचिव देवकोटाले चालु कार्यक्रमहरूलाई पनि परिमार्जन गरेर प्रभावकारी रुपमा अघि बढाउन पनि सो केन्द्रका पदाधिकारीहरूलाई सचेत गराए।
Shares

प्रतिक्रिया