दक्षिण प्रशान्त महासागरमा रहेको टोङ्गा द्वीपनजिक मंगलबार शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले ७.६ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।
भूकम्प लगभग २३७ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर गएको थियो।
टोङ्गाको दोस्रो ठुलो सहर अफुआबाट लगभग १५३ किलोमिटर पश्चिममा पानीमुनि भूकम्प गएको थियो।
अहिलेसम्म कोही घाइते वा कुनै क्षति भएको रिपोर्ट आएको छैन।
72
Shares

प्रतिक्रिया