समाज


महान्यायाधिवक्ता भण्डारीको राहदानी रोक्काको माग गर्दै गृहमा निवेदन

महान्यायाधिवक्ता भण्डारीको राहदानी रोक्काको माग गर्दै गृहमा निवेदन

नेपालखबर
चैत ८, २०८२ आइतबार १८:७, काठमाडौँ

 

महान्यायाधिवक्ता सबिता भण्डारीमाथि छानबिन गर्न र उनको राहदानी रोक्का राख्न माग गर्दै गृह मन्त्रालयमा निवेदन परेको छ। ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक क्लिनिक’ सँग सम्बन्धित गतिविधिमा भण्डारीको संलग्नता रहेको दाबी गर्दै युवा अभियान्ता किरण बिकले आइतबार गृहमा निवेदन दर्ता गराएका हुन्।

मन्त्रालयमा दर्ता नम्बर ६०५०/२०८२.१२.०८ रहेको  निवेदनमा भण्डारीमाथि यात्रा प्रतिबन्ध लगाउने वा पासपोर्ट रोक्का गर्न माग गरिएको हो।

'उक्त क्लिनिकसँग सम्बन्धित गतिविधिहरूमा अधिवक्ता सबिता भण्डारीको प्रत्यक्ष वा परोक्ष संलग्नता रहेको विवरण सार्वजनिक भएका छन्। कानुनी प्रतिनिधित्व तथा व्यवस्थापन भूमिकामा समेत उहाँको संलग्नता देखिएकाले निष्पक्ष छानबिन आवश्यक छ', निवेदनमा भनिएको छ।

अनुसन्धान प्रभावित हुन सक्ने वा प्रमाण नष्ट हुन सक्ने जोखिम बढेकाले निगरानी बढाउन माग गरिएको हो। यस विषयमा के हुन्छ? गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार यो अध्यागमन विभागसँग सम्बन्धित विषय हो। 

सम्बन्धित लिंक: आफ्नो लगानी रहेको संस्थालाई डिम्ब कारोबारमा उन्मुक्ति दिएपछि संकटमा महान्यायाधिवक्ता भण्डारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad