राजनीति


श्रम संस्कृति र राप्रपाका प्रमुख सचेतकले सुविधा नपाउने

श्रम संस्कृति र राप्रपाका प्रमुख सचेतकले सुविधा नपाउने

नेपालखबर
चैत ८, २०८२ आइतबार १८:१५, काठमाडौँ

प्रतिनिधिसभामा रहेका ६ वटा राष्ट्रिय दलमध्ये दुई दलका प्रमुख सचेतकले गाडि सुविधा नपाएन भएका छन्। दश वटाभन्दा कम सांसद भएका दलको प्रमुख सचेतकले गाढि सुविधा नपाउने नियम अनुसार श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यस्तो सुविधाबाट बञ्चित हुने भएका हुन् । यद्यपी उनीहरूले दलको प्रमुख सचेतक र सचेतक भने छनौट गर्नुपर्ने छ। 

‘दुईभन्दा बढि सांसद भएका दलले संसदीय दलको प्रमुख, आवश्यक्ताको आधारमा उपप्रमुख तथा प्रमुख सचेतक छनौट गर्नुपर्छ। उहाँहरूको विभिन्न जिम्मेवारी हुन्छ।’ संसद सचिवालयका उपसचिव अधिराज राईले भने, ‘तर गाडि सुविधाका लागि भने दश जनाभन्दा बढि सांसद हुनुपर्छ।’

राईका अनुसार सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकले पारिश्रमिक तथा अन्य सुविधा पनि पाउने व्यवस्था छ। यो बाहेक अन्य दलका प्रमुख सचेतकहरूले भने त्यस्तो सुविधा पाउँदैनन्। २१ फागुनको निर्वाचनपछि बनेका ६ दलमध्ये श्रम संस्कृति पार्टीका ७ जना र राप्रपाका ५ जना सांसद मात्र रहेका छन्। अन्य दलहरूमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५ र नेकपाका १७ जना सांसद रहेका छन्।

कानुनी व्यवस्था अनुसार प्रमुख सचेतकले सवारी सुविधा, दुई जना चालक, छुट्टै कार्यालय, एक जना कार्यालय सहयोगी तथा मासिक १५ हजार रुपैयाँ अतिथि सत्कार खर्च पाउने व्यवस्था छ। स्वकीय सचिवको सुविधा भने हाल निष्क्रिय रहेको जनाइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad