समाज


‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान’ निर्वाचन आयुक्त सगुनप्रसाद जबरालाई

‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान’ निर्वाचन आयुक्त सगुनप्रसाद जबरालाई

नेपालखबर
चैत ४, २०८२ बुधबार १८:११, काठमाडौँ

‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान’ बाट निर्वाचन आयुक्त सगुनप्रसाद जबरा सम्माानित भएका छन्।

भूतपूर्व सैनिकहरूको योगदानको कदर गर्दै नेपाली सेनाले हरेक वर्ष पूर्वसैनिकहरू मध्येबाट एक जनालाई सर्वोत्कृष्ट सैनिक सम्मान प्रदान गर्दे आएको छ।

उनलाई घोडेजात्राको अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान गरेका हुन्। जबराले ३० वर्ष नेपाली सेनामा योगदान गरेका जबरा महासेनानी दर्जाबाट अवकास भएका थिए।

जबराले आफ्नो सेवाकालमा तथा निवृत्तिपछि पनि राष्ट्रप्रति समर्पित रहँदै समाजमा महत्वपूर्ण योगदान पुर्‍याएको, अनुशासन, नेतृत्व तथा सेवाभावमा उदाहरणीय भूमिका निर्वाह गरेको आधारमा सम्मानित गरिएको सेनाले जनाएको छ।

यस्तो सम्मानमार्फत भूतपूर्व सैनिकहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्य लिएको सेनाको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad