नेपाली सेनाले रसुवाबाट एक युवतीको उद्धार गरेको छ।
गोसाइकुण्ड गाउँपालिका-४ याम्फुमा पदयात्राको क्रममा लेक लागि अचेत भएकी २१ वर्षीया युवतीको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
उनलाई नेपाली सेनाको श्रीनाथ गण अन्तर्गत सुरक्षा बेस लाङटाङबाट खटिएको टोलीले उद्धार गरेको हो।
उनलाई अक्सिजनसहित प्राथमिक उपचार पश्चात् स्ट्रेचर मार्फत थप उपचारको लागि लाङटाङ स्वास्थ्य चौकीसम्म पुर्याएको सेनाले जनाएको छ।
उद्धार गरिएकी युवतीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।


141
Shares

प्रतिक्रिया