समाज


राशिफल ४ चैत : कन्यालाई वाहन लाभ, मीनलाई झुटा आरोप लाग्ने, तपाईँको दिन कस्तो?

राशिफल ४ चैत : कन्यालाई वाहन लाभ, मीनलाई झुटा आरोप लाग्ने, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
चैत ४, २०८२ बुधबार ४:४१, काठमाडौँ

आज बुधबार, ४ चैत २०८२ (१८ मार्च २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ। आजको श्रमबाट पछिलाई फाइदा होला। साँझमा पारिवारिक खुसीका निम्ति केही खर्च हुनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेरै अघि बढ्नुहोला। कृषिको काममा सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

वृष: न्यायिक कार्यमा सफलता मिल्नेछ। चलाखीपूर्ण बोलीले कार्य सम्पादन होला। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाइनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: आफन्तसँग रमणीय र सुखद यात्राको योग छ। कुनै कुराको चिन्ता हटेर मन हलुका हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। पुरानो समस्या सुल्झाउन सकिनेछ। स्वास्थ्य समस्यामा सुधार आउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट: अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ। यातायात वा वाहनमा खर्च बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

सिंह: आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। नयाँ लगानी र आर्थिक वृद्धि हुने देखिन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। आफन्तसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या: अतिथिका रूपमा सम्मान पाइनेछ। व्यक्तिगत कार्यमा सफलता मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। पुँजी बजारको लगानी ठिकै रहनेछ। वाहन लाभ हुने समय छ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

तुला: सहयोगले हिम्मत दिलाउनेछ। धर्मकर्म तथा समाजसेवा जस्ता कार्यमा मन जानेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७८ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

वृश्चिक: सानातिना समस्यामा अल्झनु पर्ला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। व्यक्तिगत खुसीका लागि केही धन खर्च हुनेछ। मध्य दिनपछि नयाँ र शुभ समाचार सुन्न पाइएला। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

धनु: कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। शुभ चिन्तकले तपाईँको कामलाई पूर्ण समर्थन गर्नेछन्। पारिवारिक सुख मिल्नुका साथै सुखद यात्राका अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्धका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मकर: परोपकारका क्षेत्रमा लगानीको समय छ। समय निकै उत्साहजनक रहला। चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। आर्थिक लाभ रहनेछ। दिनको उत्तरार्ध अधिक सुखद रहनेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: प्रणय सम्बन्ध र रतिराग बढाउने समय छ। लामो समयदेखि रोकिएको वैदेशिक काम पूरा हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कुटनीतिक नियोगको सहयोग मिल्ला।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मीन: झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। शरीरमा आलस्य बढ्ला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। राजनीति र समाजसेवामा जनताको साथ पाइने हुनाले सार्वजनिक पद पाउने योग छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad