वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३२ बस्ने ५५ वर्षीया मिना घिमिरे रहेकी छन्।
उनले अस्ट्रेलिया पठाइदिने भन्दै १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया