पितृशोकमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुण्डु पुगेका छन्।
केहीबेरअघि पौडेल पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगेका हुन्।
त्यसक्रममा राष्ट्रपति पौडेलले ओलीका बुवा मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा समवेदन प्रकट गरेका छन्।
ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा गएको शुक्रबार निधन भएको थियो।
भेटका क्रममा पौडल र ओलीबिच केहीबेर कुराकानी पनि भएको छ।



78
Shares

प्रतिक्रिया