सोमबार साँझ आएको हुरीले भक्तपुरको चाँगुनारायणमा दुई घरमा क्षति पुगेको छ।
चाँगुनारायण नगरपालिका-२ दुवाकोट त्रिपुराटोलस्थित ठकुरी टोलमा रहेका दुई घर हावाहुरीको कारण भत्किएका छन्।
सोमबार आएको हुरीले रामहरि बस्नेतको एकतले कच्ची घरको जस्ताको छाना तथा फलामको बिमसमेत उडाउनुका साथै घर पूर्ण रूपमा क्षतिग्रत भएको छ।
उक्त खम्बा ढल्दा नजिकैको सुशीला खड्काको घरमा पनि क्षति पुगेको स्थानीय विकास प्रहरले जानकारी दिए।
हुरीका कारण दुई वटा घर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ। हुरीपछि चाँगुनारायण नगर विपद् समितिले नगर प्रहरीमार्फत त्रिपालको व्यवस्था गरी घर छोपिएको छ।
हुरी रोकिएपछि त्रिपुरा नगर टोल सुधार समितिका पूर्वअध्यक्ष उपेन्द्र ढकाल, समितिका अध्यक्ष श्याम थापासहितको टोली, चाँगुनारायण नगर प्रहरी, प्रहरी प्रभाग दुवाकोटको टोलीले उद्धार गरी घरलाई सुरक्षित राख्ने प्रयास गरिएको वडा नम्बर २ का वडाध्यक्ष सोम प्रधानले बताए।
घटनास्थलमै पुगेका उनले क्षतिको विवरण सङ्कलन गरी पीडित परिवारलाई नगरपालिकामार्फत क्षतिपूर्तिको व्यवस्था गरिने जानकारी दिए। रासस
Shares

प्रतिक्रिया