समाज


६ वर्ष कैद र २२ करोडभन्दा धेरै जरिवाना तोकिएका फरार अभियुक्त काठमाडौँबाट पक्राउ

६ वर्ष कैद र २२ करोडभन्दा धेरै जरिवाना तोकिएका फरार अभियुक्त काठमाडौँबाट पक्राउ

नेपालखबर
चैत २, २०८२ सोमबार १०:३७, काठमाडौँ

छ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा धेरै रकम जरिवाना तोकिएका एकजना फरार अभियुक्तलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर- २४ वटु घर भई हाल नागर्जुन नगरपालिका-५ सितापाइला बस्दै आएका ६९ वर्षीय योगेन्द्र प्रसाद श्रेष्ठ छन्। 

श्रेष्ठले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको कार्यकारी अध्यक्ष हुँदा करोडौँ रकम ठगी गरेका थिए। 

उनले अनियमित एवं गैरकानुनी तवरले निक्षेपकर्ता एवं संस्थाको हित विपरीत हुने कार्य गरी बैङ्किङ कसुर गरेको अभियोगमा अदालतले उनलाई ६ वर्ष कैद र २२ करोड रुपैयाँ भन्दा धेरै जरिवाना हुने फैसला गरेको थियो। 

उनीविरुद्ध नेपाल राष्ट्र बैङ्क वित्तीय संस्था सुपरिवेक्षण विभाग, बालुवाटार काठमाडौँको उजुरीको आधारमा सर्वोच्च अदालतले २०८१ साल भदौ ५ गते २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजाय हुने फेसाल सुनाएको थियो। 

उनीविरुद्ध अदालतले दुईवटा मुद्दामा २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजाय हुने फेसाल सुनाएको थियो। अदालतको फैसलापछि उनी फरार थिए। 

उनलाई आइतबार काठमाडौँको नागर्जुन नगरपालिका-५ सितापाइलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउपछि उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad