समाज


आज यी स्थानमा गड्याङगुडुङसहित वर्षा हुने सम्भावना

आज यी स्थानमा गड्याङगुडुङसहित वर्षा हुने सम्भावना

नेपालखबर
चैत १, २०८२ आइतबार ८:३८, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ।

जसका कारण यतिबेला (आइतबार बिहान) मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। कोसी र गण्डकी प्रदेशमा भने आंशिक बादल लागेको छ। तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे गरेको प्रक्षेपणअनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशलगायत कोसी र बागमती प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने तथा बाँकी स्थानमा आंशिक बादल लाग्नेछ।

यस क्रममा दिउँसो देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। 

यस्तै राति कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भेगमा साधारणतया बादल लाग्ने तथा बाँकी स्थानमा आंशिक बादल लाग्नेछ।

यस क्रममा राति देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ। कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही  स्थान र बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad