रूपन्देहीमा सबैभन्दा पहिलोपटक कोरोना संक्रमित देखिएका युवक निको भएका छन्।
बुटवलस्थित कोरोना विशेष (अस्थायी) अस्पतालको इसोलेसनमा रहेका रूपन्देही कोटहीमाई गाउँपालिका–१ पुर्निहवाका २५ वर्षीय युवक मंगलबार डिस्चार्ज भएका हुन्।
स्पतालका फोकल पर्शन डा सुदर्शन थापाका अनुसार २४ घण्टाको अन्तरमा लगातार दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो।
अस्पतालभित्रै गीतमा नाचेको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
प्रतिक्रिया