काठमाडौं उपत्यकाअन्तर्गत भक्तपुरमा पहिलोपटक कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (मंगलबार) एकै दिन भक्तपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (टेकु)मा गरिएको पीसीआर परीक्षणमा भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी आज काठमाडौंमा पनि थप एक जना संक्रमित फेला परेका छन्। उनी ३३ वर्षीया महिला रहेकाे मन्त्रालयले जनाएको छ। यसअघि काठमाडौंमा ५ जनामा कोरोना पुष्टि भएकाे थियाे। तर उनीहरु निको भइसकेका छन्।
प्रतिक्रिया