स्वदेश फर्किने पर्खाइमा रहेका रूपन्देहीस्थित सीमावर्ती भारतीय क्वारेन्टिनमा बसेकामध्ये एक जनामा कोरोना पुष्टि भएको छ।
नौतनवास्थित माड्रन एकाडेमी स्कुलको क्वारेन्टिनमा बसेका एक नेपालीमा कोरोना पोजिटिभ देखिएको महाराजगञ्ज जिल्लाका चिकित्सक डा. उज्ज्वल कुमारले बताए।
२५ वर्षीय ती युवक बसेको उक्त क्वारेन्टिनमा ८२ नेपाली छन् । ती युवक मुम्बईदेखि आएको भारतीय पत्रकार अरविन्दले बताए।
रूपन्देहीको सीमापारि रोकिएका हजार नेपालीलाई बुधबार नेपाल ल्याउने तयारी गरिरहँदा कोरोना देखिएको हो।रासस
प्रतिक्रिया