समाज


‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ १० जना पत्रकारलाई 

‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ १० जना पत्रकारलाई 

नेपालखबर
असार २५, २०७६ बुधबार १०:४२,

नेपाल पत्रकार महासंघले केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार‘ अन्तर्गत यस वर्ष पुरस्कृत गरिने पत्रकारको नामावली सार्वजनिक गरेको छ। 

पुरस्कार छनौटका लागि महासंघ, केन्द्रीय बालकल्याण समिति र प्रेस काउन्सिल नेपालको संलग्नतामा गठित छनौट समितिको बैठकले पुरस्कारका रेडियो, छापा, टिभी र कार्यक्रम प्रस्तोतामध्येबाट १० जना पत्रकारलाई छनौट गरेको हो।

रेडियोतर्फ रामकुमारी खड्का (रेडियो उज्यालो एफएम–उपत्यका) र रुमा रिजाल (रेडियो सप्तकोशी एफएम–उपत्यका बाहिर, सुनसरी), छापामाध्यमतर्फ राससका प्रकाश सिलवाल र नागरिकका हिमाल लम्साल (सयुक्त–उपत्यका) र खगेन्द्र अधिकारी (नागरिक दैनिक– उपत्यका बाहिर, ताप्लेजुङ) लाई प्रदान गरिने भएको छ। त्यस्तै टेलिभिजनतर्फ धनबीर दाहाल, रुकुम (नेपाल टेलिभिजन) र कोपिला पोखरेल, बुद्ध आवाज टेलिभिजन, कपिलवस्तु र धनमाया भुसाल, जनता टेलिभिजन, नवलपरासी पूर्व (सयुक्त–उपत्यका बाहिर) र कार्यक्रम प्रस्तोतातर्फ सोभिता रिसाल, (सिआइएन) र शर्मिला खनाल (कान्तिपुर एफएमं) लाई प्रदान गरिने भएको छ।

महासंघका अनुसार पुरस्कार छनौट समितिले आवेदनमा सामग्रीको प्रस्तुति र भाषा, विषयवस्तु छनौट तथा गहनता, विषयको सान्दर्भिकता, खोज तथा अनुसन्धान पत्रकारिता प्रयोग एवं व्यक्तिगत विवरण र अनुभवलाई आधार बनाएर मूल्याङ्कन गरेको हो।

पुरस्कार असार २९ गते महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापामगरले प्रदान गर्ने महासंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad