प्रविधि


ट्वीटरमा आलोचकलाई ब्लक गर्ने ट्रम्पको कार्य संविधानको उल्लंघन

ट्वीटरमा आलोचकलाई ब्लक गर्ने ट्रम्पको कार्य संविधानको उल्लंघन

नेपालखबर
असार २५, २०७६ बुधबार १०:३६,

उक्त विषय अदालतसम्म पुग्यो। अन्ततः अदालतले ट्रम्पले ट्वीटरमा आलोचकलाई ब्लक गरेरे अमेरिकी संविधान उल्लंघन गरेको ठहर गरेको छ।

अमेरिकी संघीय अदालतले अमेरिकी संविधानले सार्वजनिक विषयमा बोल्न अभिव्यक्तिको स्वतन्त्रता दिएको बताउँदै अमेरिकी राष्ट्रपतिको बारेमा आलोचकले बोल्न पाउने बताउँदै ट्रम्पले आलोचकलाई ब्लक गरेर संविधानको उल्लंघन गरेको जनाएको हो।

ट्वीटरमा ट्रम्प निकै सक्रिय छन्। उनी आफ्ना भनाइ र विचारहरु दोहोर्याउँदै राखि रहन्छन्।

ट्वीटकै विचारका कारण कहिलेकाही उनी विवादस्पद पनि बन्ने गरेका छन्। त्यसबेला मानिसहरुले उनको आलोचना गर्दछन्।

यद्यपी ट्रम्प आलोचना रुचाउँदैनन्। सोही क्रममा ट्रम्पले एक आलोचकलाई ट्वीटरमा ब्लक गरेका थिए।

ब्लक भएका मानिसले ट्रम्पलाई त्यही अकाउन्टबाट पछ्याउन सक्दैनन्। अदालतले ट्रम्प राष्ट्रपति भएका कारण उनका प्रत्येक कार्य सार्वजनिक हुनुपर्ने बताएको छ।

ट्रम्पले कसैको जायज अभिव्यक्तिको स्वतन्त्रता कुन्ठित गर्न नपाउने अदालतको भनाइ छ।

सन् २०१६ मा राष्ट्रपति बनेयता ट्रम्प अमेरिकी संचारमाध्यमसँग पनि राम्रोसँग खुल्दैनन्। उनी संचारमाध्यमको आलोचना गरिरहन्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad