समाज


थप १७ जनामा कोरोना देखियो, आजै पुष्टि हुनेको संख्या ७४

थप १७ जनामा कोरोना देखियो, आजै पुष्टि हुनेको संख्या ७४

मणि दाहाल
बैशाख ३०, २०७७ मंगलबार १२:२५,

आज (मंगलबार) थप १७ जनामा कोरोना पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले बताए।

परीक्षणका लागि ल्याइएका ती स्वाब (नमूना)हरु प्रदेश २ र प्रदेश ५ बाट संकलन गरिएकाे हाे। 

‘१९१ जनाको रिपोर्टको नतिजा घोषणा भएपछि साँझ साढेपाँच बजेसम्म ३० जनाको स्वावको रिपोर्ट आउँदा १७ को पोजिटिभ देखिएको हो। थप १२० जनाको नमूना परीक्षण भइरहेको छ। त्यसको रिपोर्ट आएपछि औपचारिकरुपमा जानकारी गराइनेछ,’ मन्त्रालयका अधिकारीले बताए।

आज यसअघि ५७ जनामा पुष्टि भएको थियो।

कपिलवस्तु, रुपन्देही, पर्सा र बारामा गरी मंगलबार एकैचोटी ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियाे।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देहीका ९, पर्साका ३९ र बारा जिल्लाका १ जनाकाे रिपाेर्ट पाेजिटिभ आएको थियाे।

सोमबार पनि एकैदिन २४ जनामा संक्रमण पुष्टि भएको थियो।

नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेकाे संख्या २०८ जना पुगेकाे छ।

याे पनि: 
आज एकै दिन ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१

सहरमा बढ्यो चहलपहल, कसरी रहने सुरक्षित? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .