ad ad

समाज


कपिलवस्तुमा नर्समा पनि देखियो संक्रमण

कपिलवस्तुमा नर्समा पनि देखियो संक्रमण

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ११:४१,

नेपालमा पहिलोपटक नर्समा पनि कोरोना संक्रमण भेटिएको छ।

कपिलवस्तुको तौलिहवास्थित जिल्ला अस्पतालमा कार्यरत एक नर्समा कोरोना संक्रमण भेटिएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले बताए।

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुका ८ जनामा संक्रमण पुष्टि भएको थियो।

मंगलबार नै पर्सामा कोरोना पुष्टि भएका ३९ जनामध्ये केहि पत्रकार पनि संक्रमित भेटिएका छन्।

नेपालमा हालसम्म १९१ जनामा कोरोना संक्रमण भेटिएकोमा कपिलवस्तुमा मात्रै २९ जनामा संक्रमण भेटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .