काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
आज (आइतबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.० डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।
यद्यपि यो सुरुवाती मापन हो। आजको आधिकारिक मापन अहिले बिहान ८:४५ बजे गरिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातमा देखिएभन्दा थोरै घट्ने सम्भावना हुन्छ। कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
यसैबिच आज काठमाडौँ उपत्यकामा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् दाहालले बताए।
'हल्का वर्षाको सम्भावना देखिएको छ', दाहालले आइतबार बिहान नेपालखबरसँग भने, 'आज काठमाडौँ उपत्यकामा साधारणतया मौसम बदली हुने सम्भावना छ।'
भनेको आज दिनभर काठमाडौँ उपत्यकाको आकाशमा बादल लाग्ने सम्भावना छ।
Shares

प्रतिक्रिया