ad ad

समाज


दिल्लीमा मंगलबारदेखि रेल सेवा सुचारु

दिल्लीमा मंगलबारदेखि रेल सेवा सुचारु

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ६:४२,

दिल्लीबाट चल्ने १५ रेलहरुले सेवा दिन थालेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

यी रेलहरु देशका विभिन्न स्थानमा पुग्नेछन्। यी रेलहरु नयाँ दिल्लीबाट आसाम, त्रिपुरा, पट्ना, बिलासपुर, रान्ची, भुवनेश्वर, तेलंगणा, बैंगलोर, चेन्नाई, केरला, गोवा, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मु कास्मिर पुग्नेछन्।

कोरोनाको त्रासपछि बन्द भएको रेल सेवा दुई महिनापछि खुलेको हो। 

दिल्लीमा सोमबार अनलाईन टिकट बुकिङ खुला गरिएको थियो। यसबीचमा तीन घण्टाको अवधिमै ३० हजारभन्दा बढी टिकट अनलाईन खरिद भएको जनाइएको छ।

कोरोना प्रकोपबीच रेल सेवा सुचारु भएकाले रेल चढ्ने यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ भने सबैको कोरोना परीक्षण हुने जनाइएको छ।

सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले रेल सेवा सुचारु गरिनुको लक्ष्य आर्थिक गतिविधि बढाउनु भएको बताएका थिए। सबै क्षेत्रका रेल सेवा भने तत्काल सुचारु नहुने जनाइएको छ।

सोमबारको टिकट बुकिङबाट मात्र भारत सरकारले १० करोड राजस्व संकलन गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .