विश्वभर नै कोरोना संक्रमणबाट हुने मृत्युदर घट्दै गएकाे छ।
गएको २४ घण्टामा विश्वभर यसको संक्रमणबाट ३२ सय ७९ को मात्रै मृत्यु भएको छ। संक्रमितको संख्या पनि तुलनात्मक रुपमा घट्न थालेको छ।
संक्रमणबाट आक्रान्त अमेरिका, बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका देशमा विगत केही दिनदेखि मृत्यु हुनेको संख्या घट्न थालेको वर्ल्डओमिटरले जनाएको छ।
गएको २४ घण्टामा अमेरिकामा यसको संक्रमणबाट ९ सय ९९ जनाको मात्रै मृत्यु भएको छ। त्यसैगरी ब्राजिलमा ३९६, फ्रान्समा २६३, बेलायतमा २१०, स्पेनमा १२३, इटालीमा २७९, क्यानाडामा १२३, मेक्सिकोमा ११२, रुसमा ९८, जर्मनीमा ९२ जनाको मृत्यु भएको छ।
सोमबार अमेरिकामा १८ हजार १०७ जना नयाँ संक्रमित थपिएका छन्। त्यसैगरी बेलायतमा ३८ सय ८७, स्पेनमा ३४ सय ८०, रुसमा ११ हजार ६ सय ५६, इटालीमा ७ सय ४४, फ्रान्समा ४५३, जर्मनीमा ६९७, ब्राजिलमा ५६ सय ३२ जना नयाँ संक्रमित थपिएका छन्।
अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर २ लाख ८७ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। संक्रमितको संख्या ४२ लाख ५१ हजार नाघेको छ।
सोमबार विश्वभर ७३ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म विश्वरभ १५ लाख २५ हजार भन्दा धेरै संक्रमित उपचारपछि ठिक भएका छन्।
यसको संक्रमणबाट सबैभन्दा धेरै मृत्यु हुने मुलुक अमेरिका हो। त्यहाँ अहिलेसम्म मृतकको संख्या ८१ हजार ७ सय ८६ पुगेको छ।
त्यसैगरी हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट ८२ जनाको मृत्यु भएको छ। यो सँगै त्यहाँ मृतकको संख्या २२ सय ९४ पुगेको छ।
सोमबार एकै दिन त्यहाँ ३६ सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। त्यहाँ संक्रमितको संख्या ७० हजार ७६८ पुगेको छ। भारतमा अहिलेसम्म २२ हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्।
पाकिस्तानमा गएको २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या ६६७ पुगेको छ। संक्रमितको संख्या ३० हजार ९ सय ४१ पुगेको छ।
प्रतिक्रिया