समाज


टेकुुबाट सर्न पार्टीप्यालेस खोज्दै अपराध महाशाखा

टेकुुबाट सर्न पार्टीप्यालेस खोज्दै अपराध महाशाखा

नेपालखबर
बैशाख २९, २०७७ सोमबार १५:४,

काठमाडौंको टेकुस्थित प्रहरीको अपराध महाशाखा सर्ने भएको छ। अहिले बसेको ठाउँमा नयाँ भवन बनाउने भएपछि अपराध महाशाखा सर्ने भएको हो। कार्यालय सार्नका लागि राजधानीमा उपयुुक्त ठाउँ खोजिरहेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले बताए।

‘हामीले पार्टीप्यालेस खोजिरहेका छौं, त्यो नभए खालि जग्गामा भएपनि अस्थाई संरचना तयार गरेर सर्छौं’, थापाले भने, ‘पार्टीप्यालेस भए पर्याप्त पार्किङ र हल पनि हुने भएकाले व्यवस्थापन गर्न सहज हुन्छ।’

महाशाखालाई उपयुक्त ठाउँ खोजेर सर्नका लागि मन्त्रालयले भनिसकेको छ। टेकुमा महाशाखाका अधिकांश शाखा अहिले पनि त्रिपालबाट कार्यसम्पादन गरिरहेका छन्।

महाशाखाले आयल निगमसँग २०७५ साउनमा ६८ करोडमा ९ रोपनी जग्गा खरिद गरेको थियो। २०७२ सालको भूकम्पले हनुमानढोकामा रहेको भवनमा क्षति पुगेपछि आयल निगमको सोही ठाउँमा त्रिपाल टाँगेर महाशाखाले काम गर्दै आएको छ। 

करिब ३५ करोडको लागतमा निर्माण हुने भवनभित्र अपराध अनुसारका हिरासत कक्ष रहनेछन्। हाल अपराध महाशाखाको आफ्नै हिरासत कक्ष छैन।

७५ हजार वर्गफिटमा भौतिक संरचना रहनेगरी गत भदौमा शीलान्यास भइसकेको भवन दुई वर्षभित्र सम्पन्न गर्ने प्रस्ताव गरिएको छ।

यस्तै, प्रहरीका लागि खेलकुददेखि जिम सेन्टर, बैठक कक्ष पनि रहनेछन्। सोही भवनमा आवासको सुविधा पनि हुनेछ।

सोधपुछका लागि बोलाइने र भेटघाटका लागि आउनेका लागि छुट्टा–छुट्टै कक्ष रहनेछन्। अनुसन्धान गर्ने शाखाहरु गोप्य र सुरक्षित रहने गरी डिजाइन गरिएको छ। महाशाखा सरे लगतै भवन निर्माणको काम सुरु हुने एसएसपी थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .