कोरोना भाइरस महामारीका कारण अर्थतन्त्रमा धक्का लागेपछि साउदी अरबले भ्याट तीन गुणाले वृद्धि गरेको छ।
महामारीका कारण तेलको मूल्य गिरावट आएसँगै साउदी अरबको अर्थतन्त्र ओरालो लागेको छ।
जुलाई १ देखि भ्याट ५ बाट प्रतिशत हुने सरकारी समाचार संस्थाले जनाएको छ।
त्यस्तै सरकारी कर्मचारीलाई दिँदै आएको १ हजार रियल मासिक भत्ता पनि हाललाई स्थगित गरिएको छ।
दुःखदायी भएपनि अर्थतन्त्र जोगाउन यी उपाय अबलम्बन गर्नैपर्ने वित्तमन्त्री मोहम्मद अल जदानले बताएका छन्। एजेन्सी
प्रतिक्रिया