मौन अवधिमा २५ हजार रुपैयाँ बोकेर हिँडेका एक व्यक्तिलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ।
गएराति ११ बजे हरिपुर्वा नगरपालिका- २ स्थित हरिपुर्वा गाउँबाट ६५ वर्षीय पुरुषोत्तम यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हरिपुर्वा सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी सहायक निरीक्षक सुजन रानाभाटको कमाण्डमा खटिएको २२ जनाको स्ट्राइकिङ्ग टोलीले जाँच गर्ने क्रममा उनको साथमा २५ हजार रुपैयाँ नगद फेला परेपछि पक्राउ गरिएको हो।
उनको साथमा फेला परेको रकमको स्रोत नखुलेको प्रहरीले जनाएको छ।
उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
102
Shares

प्रतिक्रिया