समाज


जेन्जी आन्दोलनमा भागेका व्यक्ति लागुऔषध कारोबारमा संलग्न, चार जना पक्राउ

जेन्जी आन्दोलनमा भागेका व्यक्ति लागुऔषध कारोबारमा संलग्न, चार जना पक्राउ

नेपालखबर
फागुन १९, २०८२ मंगलबार १४:५६, काठमाडौँ

जेन्जी आन्दोलनका क्रममा फरार रहेका एक व्यक्तिसहित चार जनालाई सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट नियन्त्रणमा लिएको छ।                      

सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ बस्ने ३३ वर्षीय सुनिल थापा लागुऔषध कारोबार मुद्दामा कैदा भुक्तानी गरिरहेको अवस्थामा जेन्जी आन्दोलका क्रममा फरार भएका थिए। 

उनीसँगै लागुऔषध कारोबारमा संलग्न भक्तपुरको लोकन्थली घर बताउने ३३ वर्षीय आशिष पाण्डे, इमाडोल घर बताउने २१ वर्षीया राशि गौतम र काठमाडौँको नक्साल घर बताउने २१ वर्षीय युनिक पोखरेल समेत पक्राउ परेका हुन्।

उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोको विशेष टोलीले फागुन १९ गते लोकन्थलीको एक गल्लीबाट पक्राउ गरेको हश्र

जस्ताको टहरामा डेरा गरी लागुऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा चारै जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टले जानकारी दिएका छन्।

सशस्त्र प्रहरीले उनीहरूको साथबाट १५ ग्राम लागुऔषध ब्राउन सुगर र ५० वटा ट्याब्लेट समेत फेला पारेको छ।

नियन्त्रणमा लिइएका चारै जनालाई आवश्यक कारबाहीको लागि बरामद लागुऔषधसहित सम्बन्धित निकायमा बुझाइएको

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad