सिरहामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
सिराहा नगरपालिका-२ डोम्बा खाता बस्ने ५० वर्षीया घुरनी देवी साहको करेन्ट लागेर मृत्यु भएको हो।
आफ्नै घरको कलमा जडान भएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
99
Shares

प्रतिक्रिया