समाज


पोखरामा सत्तारुढ दलकै विद्यार्थीद्वारा फुटबलमा मोदीको फोटो टाँसेर विरोध

पोखरामा सत्तारुढ दलकै विद्यार्थीद्वारा फुटबलमा मोदीको फोटो टाँसेर विरोध

नेपालखबर
बैशाख २९, २०७७ सोमबार १०:२०,

भारतले नेपालको लिपुलेकमा सीमा अतिक्रमण गरी सडक बनाएको विरोधमा पोखरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो फुटबलमा टाँसेर विरोध प्रदर्शन गरिएको छ।

सोमबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूका नेता कार्यकर्ताले मोदीको तस्बिर फुटबलमा टाँसेर खेलेका हुन्।

झण्डै दुई दर्जन नेता कार्यकर्ताको उपस्थितिमा महेन्द्रपुलमा भारतको विरोधमा गर्दै फुटबल खेलिएको हो।

भारतले नेपालमाथि नांगो हस्तक्षेपको विरोधमा संकेतिक रुपमा विरोध गर्नका लागि मोदीको फोटो फुटबलमा टाँसेको अनेरास्ववियूका केन्द्रीय सदस्य क्षितिज सापकोटाले बताए।

‘हामीले भारतीय हस्तक्षेपको निरन्तर रुपमा विरोध गर्दै आइरहेका छौँ’, सापकोटाले भने, ‘हिजो मोदीको पुत्ला जलाएका थियौँ, आज उनको टाउको फुटबलमा टाँसेर सोही फुटबल खेलेका हौँ।’

विद्यार्थीहरुले मोदीको तस्बिर अंकित फुटबल खेल्न थालेपछि प्रहरीले हस्तक्षेप गरी सो बल नियन्त्रणमा लिएको थियो।

प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरेको भन्दै विद्यार्थीहरुले प्रहरी दमकको् विरोधमा नारावाजी समेत गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad