रुस पछिल्लो समय कोरोना भाइरस ‘कोभिड १९’ को केन्द्र बनेको छ। गएको २४ घण्टामा रुसमा ११ हजार ६५६ नयाँ कोरोना संक्रमित थपिए।
यससँगै रुस कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा उक्लिएको छ। रुसमा हालसम्म २ लाख २१ हजार ३४४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये २ हजार ९ को मृत्यु भएको छ भने ३९ हजार ८०१ उपचारपछि स्वस्थ बनेका छन्।
हालसम्म अमेरिका कोरोना भाइरसले सबैभन्दा बढी ग्रस्त बनेको छ। अमेरिकापछि स्पेनमा बढी कोरोना संक्रमित छन्।
अमेरिकामा १३ लाख ६७ हजार कोरोना संक्रमित पुष्टि भएका छन् भने स्पेनमा २ लाख ६४ हजार कोरोना संक्रमित पुष्टि भएका छन्। एजेन्सी

प्रतिक्रिया