ad ad

समाज


पछिल्लो हप्ता भारतबाट नेपाल आएका थिए कपिलवस्तुका ८ संक्रमित

पछिल्लो हप्ता भारतबाट नेपाल आएका थिए कपिलवस्तुका ८ संक्रमित

नेपालखबर
बैशाख २९, २०७७ सोमबार ७:३९,

कपिलवस्तुको यशोधरा गाउँपालिकाका ८ जना कोरोना संक्रमित पछिल्लो एक हप्ताभित्र भारतबाट नेपाल आएको खुलेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान कपिलवस्तुको यशोधरा गाउँपालिकाका ८ जना र बुद्धभूमि नगरपालिकाका २ जनालाई कोरोना संक्रमित भएको पुष्टि गरेको थियो।

उक्त खबर सार्वजनिक भएपछि गाउँपालिकाले संक्रमितको विवरण संकलन गरेको थियो। विवरण संकलनमा खटिएका यशोधरा गाउँपालिकाका स्वास्थ्य शाखाका दिवान्स दुवेका अनुसार त्यहाँ संक्रमण भेटिएका सबैजना भारतको मुम्बईबाट आएका हुन्। उनका अनुसार वडा नं. ८ का तीन जना, वडा नं. ४ का एक जना, वडा नं. ५ का चार जनामा संक्रमण भेटिएको हो।

‘६ जना तीन दिनअघि र दुई जना ६ दिन पहिले मुम्बईबाट आएका हुन्,’ संक्रमितको विवरण संकलन गरेका दुबेले नेपालखबरसँग भने, ‘उनीहरु भारतबाट पैदल, गाडी र मोटरसाइकलको प्रयोग गरी आएका रहेछन्।’

भारतबाट नेपाल छिरे लगत्तै प्रहरीले उनीहरुलाई क्वारेन्टिनमा राखेको उनले बताए। गाउँपालिकाको क्वारेन्टिनमा रहेका ६२ जनाको तीन दिनअघि स्वाब संकलन गरी काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा पठाइएको थियो। त्यसमध्ये ८ जनालाई कोरोना पुष्टि भएको हो।

हाल ६२ मध्ये ३४ जनाको मात्रै रिपोर्ट आएको र बाँकीको रिपोर्ट आउन बाँकी रहेको दुबेले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .