ad ad

कारोबार


जनार्दन शर्माको सुझाव : किसान, मजदुर र न्यून आय भएका जनतालक्षित बजेट ल्याऔँ

जनार्दन शर्माको सुझाव : किसान, मजदुर र न्यून आय भएका जनतालक्षित बजेट ल्याऔँ

नेपालखबर
बैशाख २९, २०७७ सोमबार ७:५१,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद जनार्दन शर्माले किसान, मजदुर र न्यून आय भएका जनतालाई लक्षित गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्।

कोरोनाको प्रभाव कति हुन्छ भन्ने पूर्वानुमान नभएकाले किसान, मजदुर र निम्न आय भएका जनतालाई लक्षित गरी तत्काल काम अघि बढाउन बजेट ल्याउनुपर्ने उनले बताए।

उनले भने, ‘अहिले मुख्यगरी किसान, मजदुर, श्रमिकहरु र न्यून आय भएका जनताको प्रत्यक्ष सहभागिता गराउने कार्यक्रममा सरकारको लगानी बृहत लगानी हुनुपर्छ। यसमा सरकारको तयारी छ कि छैन? ती जनताको कुरा गर्दा कर्णाली, प्रदेश नम्बर २ का जनता र सहरका श्रमिकलाई स्मरण गर्नुप¥यो। अन्य गरिबलाई स्मरण गरी बृहत लगानी गर्नुपर्छ।’

कोरोनाको समग्र प्रभाव अनुमान नगरी बजेट ल्यएमा भोलि संकट उत्पन्न हुन सक्नेतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै शर्माले राजनीतिक पार्टी, निजी क्षेत्र र सरोकार वाला सबैसँग छलफल गरी बजेट ल्याउन आग्रह गरे।

आगामी आर्थिक २०७७÷७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकताामाथिको छलफलमा बोल्दै शर्माले अहिले बजेट परम्परागत हिसाबले आएकोले यसलाई कोरोनाको प्रभावमा मात्रै केन्द्रित गर्न आग्रह गरे।

‘अर्थ मन्त्रालयको दिमाग उदार र वित्तीय पुँजीवादले भरिएको छ। व्यवहारमा नोकरसाही र दलाल पुँजीबाद हुर्किरहेको छ। तर सिद्धान्तमा समाजवाद भनेर मुर्ख बनाइँदै छ।’

स्वाधीन अर्थतन्त्र निर्माणका लागि हरेक पालिकालाई आत्मनिर्भर बनाउन आधारभूत कार्यक्रमसहित अगाडी बढ्नुपर्ने बेला आएको उनले बताए। कम्तीमा पनि कृषि क्षेत्रमा १० प्रतिशत लगानी गरी कृषिमा आत्मनिर्भर हुने अभियानतर्फ अगाडि बढ्नुपर्ने उनले बताए।

किसानलाई पेन्सन दिने, मल विउ किसानसम्म पु¥याउने कुरा प्राथमिकता दिनुपर्ने र प्राविधिक सेवा विस्तार गर्दै सहुलियत ऋण किसानको हात हातमा किसानको बारी बारीमा पु¥याउनुपर्ने उनले बताए। ठूलो उद्योगपतिहरुले कृषिको नाममा ऋण लिएर अन्यत्र लगानी गरिरहेको अवस्थालाईरोक्न पनि किसानहरुको हात हातमा ऋण दिने व्यवस्था हुनुपर्ने उनले बताए।

कृषि उपज राज्यले किन्ने सुनिश्चितता भएमात्रै कृषि क्षेत्रको विकास हुने र यसबाट आन्तरिक रोजगारी वृद्धि गर्न सहयोग पुग्ने उनले बताए।

रोजगारी वृद्धि र पूर्वाधार निर्माणका लागि ऋम सहकारीको अवधारणा अनुसार अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘रोजगारीका लागि श्रमिकहरुलाई कसरी संगठित गर्ने ? श्रमिकहरुलाई कसरी परिचालित गर्ने ? कम पूँजीले बढी उत्पादन कसरी गर्ने ? कम लगानी गरेर बढी लगानी पूर्वाधार कसरी गर्ने ? यसका लागि श्रम सहकारी निर्माण गर्नुपर्छ। त्योमार्फत भौतिक पूर्वाधार र उत्पादनका कुराहरु अगाडि बढाउनुपर्छ।’

रुकुमको आठविसकोट नगरपालिकामा श्रम सहकारीमार्फत १० दिनमा १० बेडको अस्पताल निर्माण गरिएको प्रशंग उल्लेख गर्दै शर्माले १० दिनमा ७ सय ५३ स्थानीय तहमा ७ हजार ५ सय ३० बेडको अस्पताल निर्माण गर्न सकिने बताए।

उनले भने, ‘एक महिनामा एक वडामा १ किलोमिटर बाटो निर्माण ग¥यौँ भने एक वर्षमा १२ किलोमिटर नहर वा बाटो हामीले बनाउन सक्छौँ । यसरी ६ हजार ७ सय ४३ वटा वडामा १ किलोमिटरका दरले निर्माण गर्दा १२ महिनामा ८० हजार ९ सय १६ किलोमिटर बाटो निर्माण गर्न सक्छौँ। यो अहिलेको नेपालको कुल सडकभन्दा बढी हो।’

शर्माले साना उद्योगमार्फत उत्पादन र स्वरोगजार बढाउन सकिने अवस्था रहेको र यसका लागि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण गरी श्रम सहकारीमा संगठित गर्न गर्नुपर्ने बताए। उत्पादन र सहकारीका लागि राज्यले सहयोग गर्नुपर्ने र त्यो अवसर अहिले प्राप्त भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .