समाज


टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २८ वर्षीय युवकको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २८ वर्षीय युवकको मृत्यु

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १५:५२, काठमाडौँ

सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ। 

प्र.१–०२–००१ क ४५०७ नम्बरको टिपरले प्र१–०२–०४४ प ११३२ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय अजय कुमार चौधरीको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad