सर्लाही र दाङमा ट्याक्टरको ठक्करबाट दुर्ई जनाको मृत्यु भएको छ।
सर्लाहीको बरहथवा नगरपालिका-१ नागमन्दिर नजिक ट्याकटरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।
ज.१ त ४५२० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ३० वर्षीय भोला सहनीको मृत्यु भएको हो।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको नगर अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि दाङको राजपुर गाउँपालिका-४ मोतीपुरमा ट्याक्टरबाट खसेर एक पुरुषको मृत्यु भएको छ।
रोहिनियाबाट मोतीपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको ट्याक्टरबाट खसेर सोही गाउँपालिका-४ रोहिनिया बस्ने ४५ वर्षीय हरि प्रसाद चौधरीको मृत्यु भएको हो।
ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया